|

काठमाडौंः तीन बुँदे सहमतिसँगै सरकारले प्रतिबन्ध फुकुवा गरेपछि नेत्रविक्रम चन्द विप्लव बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

शुक्रबार विहानै नवलपरासीबाट काठमाडौं आएका विप्लव आफ्नो पार्टीका वार्ता टोली सदस्य र नेताहरुसँग छलफल गरेपछि बालुवाटार पुगेका हुन्। 
बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटका क्रममा विप्लव प्रशन्न मुद्रामा देखिएका थिए।

विप्लवसँगै उनको पार्टीका प्रवक्ता एवं वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मालगायतका नेता पनि गएका थिए। 

छोटो भेटपछि उनी प्रधानमन्त्रीसँगै राष्ट्रिय सभागृह पुगेका छन्। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.