|
bbc.com

सिरियाको एक मस्जिदमा भएको हवाइ आक्रमणमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ। घटनामा सयौं घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार मृत्यु हुनेमध्ये अधिकांश सर्वसाधारण रहेका छन्। नमाज पढिरहेका बेला अलेप्पो प्रान्तको अल जिनेहस्थित मस्जिदमा आक्रमण भएको हो। 

रुसी र सिरियाली लडाकु जहाजले पटक पटक त्यस क्षेत्रमा गस्ती गर्ने गरेको बीबीसीले जनाएको छ। त्यस क्षेत्रमा अमेरिकी लडाकु जहाजले पनि विद्रोहीविरुद्धको कारबाही चलाइरहेको छ। 

सिरियामा लामो समयदेखि शान्ति बहाली गर्ने प्रयास भए पनि युद्ध अन्त्यका लागि कुनै पनि संकेत देखिएको छैन। सिरिया युद्धले अहिलेसम्म झण्डै ३ लाख २० हजारले ज्यान गुमाएका छन भने एक करोड मानिस विस्थापित भएका छन्।     
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.