|

काठमाडौं : सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच भएको वार्ताका क्रममा भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने समारोह सुरु भएको छ। हस्ताक्षर समारोह राजधानीको राष्ट्रियसभा गृहमा सुरु भएको हो। 

बिहीबार भएको सहमतिअनुसार सुरु भएको हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विद्रोही नेकपाका महासचिव विप्लव सहित दुवै वार्ता टोलीका सदस्यहरू सहभागी छन्। 

सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो।  उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन्।

समारोहलाई प्रधानमन्त्री केपी ओली र विद्रोही विप्लवलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यतिबेला विप्लव समूहका वार्ता टोलीका सदस्य दीपक चलाउनेले  बोलेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.