|

चितवन : नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ जिल्ला कारागार चितवनमा छन्। चितवन कारागारमा रहेका विप्लवका दाजु वीरजंग २०७७ असोज २८ गतेदेखि चितवन कारागारमा रहेका छन्।

नेकपा र सरकारबीच शान्तिपूर्ण राजनीतिमा आउने र नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा सहमति भएपछि हिरासतमा रहेका नेकपाका नेता कार्यकर्ताहरु धमाधम रिहा भइरहेका छन्। विप्लवका दाजु वीरजंगलाई रिहा गर्ने विषयमा कुनै निर्देशन नआएको चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले बताए।

काफ्लेले भने, ‘विप्लवका दाजु ‘वीरजंग’ चितवन कारागारमा हुनुहुन्छ, उहाँबाहेक विप्लवका अन्य नेता तथा कार्यकर्ताहरु चितवन कारागारमा भएको कुनै जानकारी छैन।’

उनका अनुसार वीरजंग बम विस्फोटको मुद्दामा कारागारमा रहेका छन्। नवलपरासी अदालतले बम विस्फोटको मुद्दामा २५ हजार धरौटी मागेपछि सो धरौटी बुझाउन नसकेपछि वीरजंग नवलपरासी कारागारमा रहेका थिए।

स्वास्थ्यमा समस्या आएपछि नवलपरासी कारागारले वीरजंगलाई गत असोज २८ गते चितवन कारागार पठाइएको थियो। कारागारमै बसेर उपचार गरेपछि वीरजंगको स्वास्थ्यको अवस्था राम्रो भएको काफ्लेले बताए।

वीरजंगमा घाँटी र पेटको समस्याबाट थियो ।सहमतिअनुसार मन्त्रिपरिषद्ले प्रतिबन्ध हटाउने निर्णय, मुद्दा खारेजी र बन्दीको रिहाइको निर्णय गर्न बाँकी छ। जिल्ला प्रशासन कार्यालयका अनुसार विप्लवका अन्य कुनै पनि नेताहरु अहिले हिरासतमा रहेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.