|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँगको वार्ता रातारात नभएको बताएको बताएका छन्। 

सरकार र  नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमति हस्ताक्षर कार्यक्रममा उनले भने, ‘वार्ता रातारात भयो भनेर हल्ला चलाइयो। तर, वार्ता रातारात भएको होइन, हामीले नगरा बजाएर वार्ता गरेनौँ।’

महासचिव विप्लवसँग आफूले पहिल्यै पनि वार्ता गरेको बताए। ‘हामीले पहिला पनि गम्भीर खालका कुराकानी गरिरहेका थियौँ। उहाँलाई मप्रति र मेरो उहाँप्रतिको विश्वासको कारणले नै आज तीनबुँदे सहमति भयो’, उनले भने। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.