‘अब संसद् पुनःस्थापनापछि जनताले तमासा देख्नुपर्ने बेला आयो’

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले कसैलाई प्रधानमन्त्री भइदिनु भनेर नभनेको स्पष्ट पारेका छन्। 

सरकार र  नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘उहाँ संसदीय दलको बैठक गर्दै हुनुहुन्छ रे, दलको नेता म यहाँ छु कुन दलको बैठक हो। उहाँहरु देख्दा अचम्म लाग्छ,' उहाँहरु त्यस्तै हो।’

प्रचण्ड–माधवलाई लक्षित गर्दै उनले आफ्नो प्रधानमन्त्रीलाई हटाएर अरुलाई प्रधानमन्त्री बनाइदिन्छौँ भनेर ढोग्दै हिँडेको बताए।  

‘नाङ्गिन पनि कति सकेको हो। आफ्नो पार्टीको प्रधानमन्त्रीलाई हटाएर अरुलाई प्रधानमन्त्री भइदिनुहोस् न हामी बनाइदिन्छौँ भनेर हिँड्ने’ उनले भने, ‘हामीले प्रधानमन्त्रीको बनाउँछौँ भनेर अरुलाई प्रस्ताव राख्यौँ भन्ने भ्रम फैलाउन खोजको देखिन्छ। तर, हामीले कसैलाई प्रस्ताव गरेका पनि छैनौँ, गर्दैनौँ पनि।’ 

संसद पुनःस्थापनापछि जनताले तमासा देख्नुपर्ने बेला आएको उनले सुनाए। 

‘सरकार ढाल्ने प्रयास भइरहेको छन्, हामी झ्यालबाट छिरेर नभएर हाइवयबाट आएर सिंहदरबार छिरेका हौँ फेरि पनि आउँछौँ’ उनले भने, ‘कसैलाई अध्यक्ष हुनुपर्‍यो भने बैंक्वेटमा गएर म अध्यक्ष भए है भन्ने होइन महाधिवेशनबाट जान्छौँ। प्रधानमन्त्री हुनका लागि निर्वाचित भएर आउँछौँ।’

उनले प्रचण्ड–माधव पक्षले कम्युनिस्ट आन्दोलनलाई असफल बनाउनतिर लागेको आरोप लगाए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.