|

बैतडी : दशरथचन्द नगरपालिकामा जारी चौथो संस्करणको मेयर कप क्रिकेट टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा शुक्रबार पनि दुई खेल सम्पन्न भएका छन्। जसमा दशरथचन्द नगरपालिका– ६ थालिगडा र वडा नम्बर ११ नागार्जुन विजयी हुँदा वडा नम्बर ३ दुर्गाभवानी  बाहिरिएको छ। 

दशरथचन्द खेल मैदान, सुन्दरखालीमा सम्पन्न खेलमा थालिगडाले दुर्गाभवानीलाई ७२ रनले स्तब्ध पार्यो। थालिगडाले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको दुर्गाभवानी ९१ रनमा समेटियो। दुर्गाभवानीका जनक भण्डारीले सर्वाधिक २५ रन जोडे। थालिगडाका हिमाल ऐरीले चार विकेट हात पारे। त्यसअघि पहिले ब्याटिंङ गरेको थालिगडाले लोकेन्द्र रावलको ६३ रनको मद्दतमा १ एक ६२ रन बनायो।

दुर्गाभवानीका जयबहादुर रावतले २ विकेट लिए। लोकेन्द्र रावल म्यान अफ द म्याच चुनिए। यस्तै शुक्रबार नै भएको अर्को खेलमा वडा नम्बर ८ त्रिपुरालाई वडा नम्बर ११ नागार्जुनले ९ रनले पराजित गरेको छ। नागार्जुनले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको त्रिपुरा १ सय ३३ रन मात्रै समेटियो। उसका महेन्द्र मार्कण्डले अविजित ५९ रनको योगदान गरेपनि हार भने टार्न सकेन्।  

यसअघि पहिला ब्याटिंङ गरेको नागार्जुनले प्रकाश भण्डारीको २८ रनको मद्दतमा १ सय ४१ रन बनाएको थियो। त्रिपुराका विरेन्द्र रानाले ४ विकेट हात पारे। नागार्जुनका लागि राम चन्द र अंकुश चन्दले १–१ विकेट हात पारे। त्रिपुराका लागि अर्धसतकिय पारी खेलेका महेन्द्र मार्कण्ड म्यान अफ द म्याच घोषित भए।  दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा फागुन १८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ११ टोली सहभागी छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.