|

  • बिदुर कटुवाल–

गाईघाट : जिल्ला वन कार्यालय उदयपुरले वन ढडेलो व्यवस्थापनसम्बन्धी साताव्यापी जनचेतना कार्यक्रम धमाधम गरिरहेको छ। वर्षेनी गर्मी मौसममा लाग्ने डढेलोले हजारौं हेक्टरमा वन सखाप हुने गरेकाले रोकथामका लागि ढडेलोसम्बन्धी जनचेतना कायक्रम सञ्चालन गरेको हो।

१ चैतबाट सुरु गरिएको जनचेतना ७ चैतसम्म सञ्चालन हुनेछ। जनचेता कार्यक्रमअन्र्गत आज शुक्रबार गाईघाटमा सचेतनासम्बन्धी प्लेटकार्डसहित ¥यालीको आयोजना गरिएको छ।

साता व्यापी जनचेतना कार्यक्रममा ७६ हजार ८ सय १२ हेक्टर क्षेत्रमा जम्मा ३ सय ३८ सामुदायिक वन उपभोक्ता समूहमा समेत कार्यक्रम गरिएको जिल्ला वन सहायक अधिकृत लालबाबु यादवले बताए।

‘सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा विशेष गरेर जनचेतनामूलक कार्यक्रम चलाइएको छ,’ यादवले भने, ‘गएको वर्षभन्दा यस वर्ष डढेलोबाट हुने क्षति कम गर्न जनतेचनामूलक कार्यक्रम चलाइएको हो।’

१ लाख २० हजार ७ सय पाँच हेक्टर वनमा बर्सेनि २० हजारभन्दा बढी क्षेत्रमा डढेलो लागेको वन कार्यालयले जनाएको छ। वनलाई डढेलोबाट जोगाउन विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको जिल्ला वन कार्यालय उदयपुरले जनाएको छ।         

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.