|

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न सवैलाई आह्वान गरेका छन्।

प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न नीतिगत व्यवस्था गरेर र मानवीय व्यवहार परिवर्तन गरेर लड्न सकिने बताए। ‘सेरा सप्ताह २०२१’ लाई प्रमुख वक्ताको रुपमा भिडियोमार्फत् सम्वोधन गर्दै उनले जलवायु परिवर्तनका विरुद्धमा लड्नु सवैको साझा दायित्व भएकोमा पनि जोड दिए।

'भारतले प्रकृतिक वायुको उत्पादन बढाउने र हानिकारक वायुको मात्रा घटाउने कार्य गरिरहेको छ',  प्रधानमन्त्री मोदीले भने।

अहिले ६ प्रतिशत रहेकोमा आगामी सन् २०३० सम्ममा १५ प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको पनि उनले जानकारी दिए। 'कतिपय त्यस्ता व्यवहारले जलवायु परिवर्तनलाई सहयोग गरेका छन्, हाम्रा कतिपय त्यस्ता परम्परागत वा अहिले गरिरहेका व्यवहारमा परिवर्तन आवश्यक छ', उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.