काठमाडौं : सुन्दरीजल आइपुगेको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानीको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोलीले निरीक्षण गरेको छ।
शनिबार साँझ प्रधानमन्त्री ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटम थिचेपछि पानी सुन्दरीजलमा खसेको छ। फागुन १० गते पानी सुरुङमा हालिएको थियो। सुरुको पानी फोहोरसहित आउने भएकाले बागमती नदीमा खसालिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।