|

महेन्द्रनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मेची महाकाली राष्ट्रिय अभियान समापनका क्रममा शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आलोचना गरे। उनले महाभारतमा अर्जुन र द्रोणाचार्यको प्रशंग झिकेर देउवाले खाली आफू सत्तारोहण हुने चाहनामात्र राखेको भन्दै आलोचना गरेका हुन्।

उनले देउवालाई आलोचना गर्ने क्रममा अर्जुन र द्रोणाचार्यको कथा सुनाए। अहिले देउवा चुनाव भन्दा पनि संविधान संशोधन गरेरै जानुपर्छ भनेर लागेको भन्दै उनले भने ' उहाँ कदमपछि कदमको कुरा गरिराख्नुभएको छ। शेरबहादुरजी सम्झिदा अर्जुनका गुरु द्रोणाचार्यको एउटा वार्ता याद हुन्छ।'

त्यसपछि उनले कथा सुनाए।

गुरु द्रोणाचार्यले अर्जुनलाई सोधे - तिम्रो अगाडिको रुख देखेका छौ?

अर्जुनले भने - देखेको छैन।

द्रोणाचार्यले फेरि सोधे - चरा देखेका छौं

अर्जुनले भने - छैन

द्रोणाचार्यले फेरि सोधे - चराको टाउको देखेका छौ त?

अर्जुनले त्यो पनि देखेको छैन भने।

अनि द्रोणाचार्यले सोधे - के देखेका छौ त?

अर्जुनले भने - त्यो चराको आँखा मात्र देखेको छु।

ओलीले त्यो कथालाई देउवामा ल्याएर जोडे 'अहिले शेरबादुरले त्यही आँखो देख्नुभएको छ। जेठ मात्र देख्नुभएको छ। जेठ कहिले लाग्ला र आँखा भेटौंला भन्ने लागेको छ।'

ओलीले देउवालाई कहिले जेठ लाग्ला भन्ने भएको भन्दै कटाक्ष गरे। 'उहाँलाई क्यालेन्डरमा चैत, बैशाख छ भन्ने पनि थाहा छैन। उहाँ कुहिरोको काग बन्नुभएको छ।'

उनले यदि देउवा साँच्चै त्यस्तो भएको हो भने आफूले काठमाडौं फर्किएपछि सम्झाउने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.