|

पर्वत : कोरोना महामारीका कारण अघिल्लो वर्षको चैतदेखि मेला महोत्सव बन्द भए। संक्रमण फैलने खतराका कारण लामो समय घरमै बस्नुपर्ने, अरूको सम्पर्कमा जान नहुनेलगायतका सुरक्षा सतर्कताका कारण घरमै थुनिनुको विकल्प थिएन।

संक्रणको अवस्था सामान्य बन्दै गएपछि बिस्तारै मेला महोत्सवहरू आयोजना हुन थालेका छन्। यही क्रममा पुन युवा क्लबको आयोजनामा पर्वत सदरमुकाम कुस्मा बजारमा भइरहेको दोस्रो मगर महोत्सवमा शनिवार प्रमोद खरेलको उपस्थिति थियो। लामो समयसम्म मेला महोत्सवजस्ता मनोरञ्जनात्मक गतिविधिबाट बञ्चित कुस्मावासी प्रमोदसँगै नाचे।

कुस्मा बजारसहित ग्रामीण क्षेत्रबाट समेत गरेर हजारौँको सहभागिता खरेलको गीतमा रमाए। लोकप्रिय गायक खरेल त्यसमा पनि करिब एक वर्षपछिको मेला महोत्सवको रमझम यही कारण पनि गीतमा रमाउने र नाच्नेहरू निकै हौसिएका देखिन्थे। 

महोत्सवमा खरेलले ‘मबिना कसै कसैलाई मुस्किल छ पोखरामा’, ‘झुमा झुम्कावाली’, ‘यो कुरा गोप्य’ लगायतका करिब दर्जन गीत गाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.