को हुन् ऋषि कट्टेल ?

|

काठमाडाैं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला सुनाएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेललाई नेकपाको आधिकारिकता दिने फैसला सुनाएको हो। 

सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले कट्टेलको रिट निवेदनअनुसार आइतबार कट्टेललाई आधिकारिकताको फैसला सुनाएको जानकारी दिए। यो फैसलासँगै अब केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ। कट्टेलले नेकपाको आधिकारिकता दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। 

को हुन् ऋषि कट्टेल?

ऋषि कट्टेल २०५८ सालमा सिपी मैनाली महासचिव रहँदा नेकपा (माले) मा दोस्रो तहका नेता थिए।

दोस्रो जनआन्दोलनपछि मैनाली र कट्टेलबीच मतभेद देखिन थाल्यो। राजसंस्था, संघीयता, संविधानसभा जस्ता मुद्दामा मैनालीसँग उनको मतभेद भएको भएको हो। मैनालीलाई यथास्थितिवादी–राजावादीसँग नजिकिएको आरोप लगाउँदै कट्टेलले विद्रोही माले गठन गरे।

कट्टेलसँग विद्रोह गर्नेमा टंक राई, जितवीर लामा, केपी फुयाल लगायत नेता थिए। २०२४ सालदेखि विद्यार्थी संगठनमा आबद्ध भएका उनले ०२६ सालमा नेकपाको पार्टी सदस्य लिएका थिए।

कट्टेल ०३७–०४३ सम्म नेकपा (मार्क्सवादी) का केन्द्रीय सदस्य थिए। २०४७ सालमा एमाले गोरखा पार्टीका प्रमुख भएका थिए।

०६४ सालमा नेकपा एकीकृत रहेको पार्टीले संविधान सभामा २ सिट ल्याएको थियो। र २०६९ आफ्नै अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए। यसअघि, नेपाल कम्युनिष्ट पार्टी तेस्रो महाधिवेशन (२०१९) पछि अनेक चिरामा विभाजित भयो। पुष्पलालले २०२५ मा गोरखपुर सम्मेलन गरी पार्टी पुनर्गठन गरे। कट्टेलले त्यही धाराबाट राजनीति थालेका हुन्।

२०३५ सालमा भारत प्रवासमा पुष्पलालको निधनपछि नेतृत्व साहना प्रधानले सम्हालिन्। ०४३ मा प्रधान नेतृत्वको पार्टी र मनमोहन अधिकारी नेतृत्वको पार्टी नेकपा  (मार्क्सवादी) बन्यो।

०४७ माघमा माले र मार्क्सवादी बीच एकतापछि एमाले बन्यो। यसरी कट्टेलको राजनीतिक निरन्तरता एमालेसम्म पुग्यो। एमालेले महाकाली सन्धिमा विवाद भएपछि ०५४ मा साहना, सी पी मैनाली, वामदेव गौतम समूहले माले गठन गर्‍यो।

कट्टेल मालेमा आबद्ध भए। २०५८ मा गौतमलगायत एमालेमा फर्किएपछि मैनाली, कट्टेललगायत मालेमै रहेका थिए। 

कट्टेलले भनेका थिए – ‘सडकमा कराउँदैमा पार्टीको नाम राख्न मिल्दैन, नेकपा नामको पार्टी निर्वाचन आयोगमा मेरो नेतृत्वमा दर्ता भइसकेको छ। त्यसको प्रमाण म दिन तयार छु। उनीहरूले नेकपा नै राख्छन् भने पछाडि फुर्को झुण्ड्याउनुपर्छ।’

त्यस्तै कट्टेलले यसअघि विप्लवलाई पनि नेकपा नाम नराख्न सुझाव दिएका थिए। त्यस क्रममा विप्लवले ‘आफूलाई मेरो पार्टी दर्ता भएको छैन, तपाईंले चित्त दुखाउनुपर्दैन’ भनेपछि आफू चुप लागेर बसेको कट्टेलले प्रतिक्रिया दिएका थिए। 

विप्लवले नेकपा नाम राखेपछि उक्त पार्टीसँग एकीकरणको प्रकृयासमेत अघि बढेकाले उनीसँग आफ्नो अब कुनै आपत्ति नभएको बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.