|

काठमाडाैं : इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर डर्बीबीच प्रतिस्पर्धा हुँदैछ।

म्यानचेस्टर सिटीले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग खेल्दै छ। खेल नेपाली समयअनुसार आज राति सवा १० बजे सुरु हुनेछ।

पछिल्ला २१ खेलमा लगातार जित निकालेको सिटीले आज पनि जित निकाल्न सके थप रेकर्ड बन्नेछ। जारी लिगमा सिटी उपाधिका लागि प्रमुख दाबेदार क्लब पनि हो।

शीर्ष स्थानको सिटीले २७ खेलमा २० मा जित निकालेको छ भने ५ खेल बराबरी खेल्दा २ खेल मात्र गुमाएको छ। उसको ६५ अंक छ। तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड सिटी भन्दा १४ अंकले पछि छ। उसको ५१ अंक छ।

डर्बी भिडन्त सिटीको मैदानमा हुनेछ। पछिल्ला पाँचमध्ये एकमा मात्र जित निकालेको युनाइटेड आज चर्को दबाबमा हुनेछ। 

लिगमा यसअघि अन्य तीन खेल पनि हुनेछन्। जसमा पौने ५ बजे वेष्ट ब्रोम र न्युक्यासल भिड्दा पौने ८ बजे लिभरपुल र फुलहम तथा राति १ बजे टोटनह्याम र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.