|

काठमाडौं : सर्वोच्च अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दिएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन्। अदालतको निर्णयपछि सिंहदरबारमा छलफल सुरु गरेका हुन्। 

छलफलमा प्रचण्ड र माधवसहितका नेताहरू सहभागी छन्। अदालतको निर्णयपछि अध्यक्ष प्रचण्डले अपेक्षा गरेको भन्दा फरक आएको टिप्पणी गरेका छन्। 

‘सर्वोच्च अदालतको निर्णय हामीले अपेक्षा गरेभन्दा फरक आयो’ उनले भने, ‘त्यसको विषयमा अध्ययन नगरिकन टिप्पणी गर्न मिल्दैन।’

कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेलको दाबीअनुसार उनले नेतृत्व गरेको दल २०७० साउन २२ मा निर्वाचन आयोगमा दर्ता भएको थियो । उक्त पार्टीको संक्षिप्त नाम नेकपा भनी जनाइएको थियो। निर्वाचन आयोगमा कट्टेल नेतृत्वको नेकपाको दर्ता आयोगमा कायमै थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.