|

उत्तरी अफगानिस्तानको बाख्ख प्रान्तमा शनिबार राति भएको भिडन्तमा ८ प्रहरी र ५ तालिवानी लडाकुको मृत्यु भएको छ।

प्रान्तीय प्रहरीका अदिल शाह अदिलले हातहतियारबाट सुसज्जित तालिबान लडाकुहरुले सुरक्षा जाँच चौकीमा बन्दुक र क्षेप्यास्त्रसहित आक्रमण गरेपछि भिडन्त भएको जानकारी दिए।

उक्त भिडन्तमा अरु ६ जना प्रहरी र सात जना लडाकु पनि घाइते भएको उनले बताए। हालैका वर्षहरुमा यस प्रान्तमा सुरक्षाफौज र तालिबान लडाकुबीच निरन्तरजसो भिडन्त हुने गरेका छन्। तालिवान समूहले बाल्खको भिडन्तमा १२ जना प्रहरी मारिएको दाबी गरेका छन्।

तालिवान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्विट गर्दै सुरक्षा जाँच चौकीबाट लडाकुहरुले एउटा बख्तरबन्द सैन्य सवारी साधन र हातहतियार कब्जा गरेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.