|

काठमाडौं : मोडलिङमा चाख राख्ने युवायुवतीलाई लक्षित गरी 'मिस्टर एण्ड मिस मोडल नेपाल- २०१७' आयोजना हुने भएको छ। आयोजक 'एसएन इन्टरनेशनल इभेन्ट्स'ले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको पहिलो सिजन सुरु हुन लागेको जानकारी गराएको हो।

प्रतियोगितामा सहभागिताका लागि आवेदन खुलिसकेको छ। अडिसन यही चैत १२ गतेबाट सुरु हुने आयोजकले जनाएको छ। राजधानी अडिसन १२ र १९ गते ग्यास्ट्रो पब जमल (विश्वज्योति मलको चौँथो तल्ला) मा हुनेछ।

यस्तै देशका अन्य मुख्य सहरहरुमा पनि आयोजना हुने आयोजक संस्थाका अध्यक्ष निमेष आचार्यले जानकारी दिए। प्रतियोगितामा १६ वर्ष पूरा भई २८ वर्ष ननाघेका प्रतिस्पर्धीले सहभागिता जनाउन सक्नेछन्।

अडिसनमा छानिएका प्रतिस्पर्धीलाई र्‍याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोशेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङलगायतका विषयमा दक्ष प्रशिक्षकहरुद्वारा प्रशिक्षण दिइने छ।

शीर्षसहित आधा-दर्जन विधामा पुरस्कृत गरिने प्रतिस्पर्धाका विजयीले २ लाख नगदसहित म्यूजिक भिडियो तथा मूभीहरुमा अभिनयको अवसर दिइने आयोजकले जनाएको छ। साथै १ साताको थाइल्याण्ड टूर पनि समावेश छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.