|

धनगढी : जिल्ला कारागार कैलालीमा योग प्रशिक्षण थालिएको छ। कारागारभित्र रहेका कैदीबन्दीलाई लक्षित गर्दै (आज) सोमबारदेखि योग प्रशिक्षण शिवरि सुरु गरिएको हो। 

आजबाट सुरु गरिएको प्रशिक्षणमा करिब १ सय जना कैदीबन्दीको सहभागिता रहेको योग प्रशिक्षक श्यामराज श्रेष्ठले बताए। बिहान ६ बजेदेखि ८ बजेसम्म योगको समय तोकिएको छ। योग शिविरको अवधि पाँच दिन रहेको उनले बताए। 

कैलाली कारागारमा जम्मा ३०० को हाराहारीमा कैदीबन्दी छन्। कारागारको ३ ब्लकमा रहेका महिला तथा पुरुष बन्दीहरुलाई प्रशिक्षण दिइने छ। कारागारको २ ब्लकमा पुरुष र एक ब्लकमा महिला रहेको जिल्ला कारागार कैलालीले  जनाएको छ। 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटी, जिल्ला स्वास्थ्य कार्यालय कैलाली र पतञ्जलि योग केन्द्र धनगढीको समन्वयमा प्रशिक्षण सुरु गरिएको हो। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.