|

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशलाई जबर्जस्ती धर्मनिरपेक्ष बनाई सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने कार्य भएकोले दुश्कर्महरु अझ बढेर गएको बताएका छन्। 

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा नारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सनातनदेखि मान्दै आएको धर्मलाई विभिन्न वहाना र अनेकौं स्वर्थका खातिर कमजोर बनाउँदै लगिएको बताए।

उनले महिलामाथि हिंसा, बलात्कारलगायत कार्यले प्रश्रय पाएको बताउँदै परम्परादेखि चल्दै आएको धर्म र पापको डरलाई कायम राख्न सकेमात्र जनजीवन सहज ढंगले अगाडि बढ्ने ठोकुवा पनि गरे।

धर्म र संस्कृतिलाई हृदयदेखि अनुशरण गर्न महिलाहरु नै अग्रपङ्तिमा रहेकाले यसलाई व्यापकता दिलाउन पनि महिलाकै भूमिका उपयुक्त हुने थापाको भनाइ थियो।

राप्रपाले आगामी वैशाख २५ देखि २८ सम्म हुने केन्द्रीय महाधिवेशनमा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीनजना महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था गरेको पनि उनले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.