|

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको राजनीतिबारे विवादास्पद अभिव्यक्ति दिएका छन्। 

सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा भएको एक कार्यक्रममा उनले सबै वर्ग र समुदायलाई साथै लिएर हिँड्न नसके नेपालमा माओवादीको जस्तै हालत हुने टिप्पणी गरेका छन्। साथै उनले सबै समुदाय नमिले नेपालमा माओवादको भएको जस्तै एउटा विकृत रुप देखापर्ने बताए। 

समाजमा भेदभाव रहेको र यसले विकृत रुप देखाउने उनको भनाइ थियो। यसै प्रसंगलाई उनले नेपालमा माओवादको हालतसँग जोडेर अभिव्यक्ति दिएका हुन्। 

सम्बोधनको सुरुमा नारी र महिला शक्तिको खुलेर तारिफ गरेका उनले भारतमा पनि थारु समुदायको स्वतन्त्रतापछि पनि शासनको सुविधाबाट वञ्चित भएको बताएका छन्।

समाज, मानव जीवन, नारी महिमाबारे उनले निकै समय खर्चिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.