|

काठमाडौं : पछिल्लो समयकी चर्चित मोडल तथा अभिनेत्री माला लिम्बुको नृत्य रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रतिक्षा भण्डारीको स्वरमा रहेको 'भाउ खोज्ने केटा त्यो ठूला कुरा' बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

नृपेश उप्रेतीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। वालाजुस्थित चलचित्र स्टुडियोमा छायांकन गरिएको भिडियो समन अधिकारीले निर्देशन गरेका हुन्। गीतमा प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ।

भिडियोमा माला लिम्बुलाई विचार पौड्यालले साथ दिएका छन्। आफ्नो पहिलो गीतलाई दर्शकले मन पराइदिएपछि हौसला मिलेको गायिका भण्डारीले बताइन्। युट्युबमा केही समयअघि माला लिम्बुकै अभिनय रहेको काले दाइ बोलको गीत हिट भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.