|

अभिनेता नवाजुद्दीन सिद्दीकीकी पत्नी आलियाले सम्बन्धविच्छेदको आवेदन फिर्ता लिएकी छिन्।

गत वर्ष आलियाले सम्बन्धविच्छेदको लागि मुद्दा दायर गर्दै नवाजुद्दीन र उनको परिवारमाथि अनेक आरोप लगाएकी थिइन्।

'अहिलेसम्म मेरो र नवाजको सम्बन्धमा धेरै उतार चढावहरूमा पार भइसकेको छ। यो पूर्ण रूपमा टुक्रिनुअघि हामीले हाम्रो सम्बन्धलाई अर्को मौका दिनेबारे सोचेका छौं', आलियाले भनिन्, 'मेरो लागि यो निर्णय लिनु त्यति सजिलो थिएन, एकपटक सम्बन्ध चलेपछि खराब, यसलाई फेरि सच्याउन सजिलो छैन। तर म मेरा बच्चाहरूको खुशीका लागि सबै गर्न चाहन्छु।'

उनले आफ्नो लडाईं पनि बच्चाहरूको लागि शुरु भएकोले सम्बन्ध विच्छेदसम्म आफू पुगेको उल्लेख गरेकी छिन्। 'यदी बच्चाहरू मसँग खुशी छन् र नवाज पनि सँगै आए भने, त्यहाँ उनीहरूको खुशी अझ बढ्नेछ। म सन्तानको लागि खुशीको साथ सम्झौता गर्न इच्छुक छु र उनीहरूको लागि सोच्न पनि', आलियाले एक अन्तर्वार्तामा भनेकी छिन्।

यो एक वर्षको अवधिमा बिरामी हुँदा नवाजले आफूलाई खुबै हेरचाह गरेको पनि उनले बताइन्।

'म बिरामी हुँदा नवाजले सन्तानको हेरचाह गरे, मलाई पनि। एउटा बुबाको हरेक कर्तव्य उनले पूरा गरे। त्यसपछि मैले आफ्नो सम्बन्धलाई फेरि मौका दिने निर्णय गरेको छु', उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.