|

दाङ : आयोजक नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पस तुलसीपुरले इन्टरकलेज भलिबल प्रतियोगिता २०७३ को उपाधि जितेको छ। प्रतियोगिताको फाइनलमा राप्ती बबई क्याम्पस 'ए लाई १५–२५, २५–१५, २५–२२ र २५–१८ ले हराएर नेपाल विद्यार्थी संघले उपाधि जितेको हो।

उपाधिसँगै उसले नगद २५ हजार, प्रमाणपत्र र मेडल हात पार्‍यो। उपविजेता राप्ति बबई 'ए'ले १५ हजार नगद र प्रमाणपत्र तथा मेडल जित्यो। तेस्रो भएको वेष्र्टन नेपाल इन्जिनियरिङ कलेज तुलसीपुरले नगद १० हजार पुरस्कार तथा मेडल र प्रमाणपत्र हात पार्‍यो।

प्रतियोगितामा दाङ क्षेत्र नं ४ र ५ का १६ कलेजको सहभागीता रहेको राप्ती बबई क्याम्पस नेविसंघ खेलकुद संयोजक हिरा डाँगीले जानकारी दिए। विजेताहरुलाई नेविसंघ राप्ति बबई क्याम्पस ईकाइ सभापति जितेन्द्र प्रकास वली, प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति कृतिबहादुर खड्का, विशिष्ट अतिथि नेपाली कांग्रेस क्षेत्र नं ४ का सभापति जगत बहादुर खड्का, पुर्व सांसद गेहेन्द्र गिरी, तरुणदलका जिल्ला अध्यक्ष टिका घर्ती, लगायतले पुरस्कार वितरण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.