|
फाइल फोटो

सुर्खेत : संविधान कार्यान्वयन, राष्ट्रिय एकता, सामाजिक सद्भाव र मधेसमा पार्टीविरुद्ध रहेका भ्रम चिर्न भन्दै मेची-महाकाली राष्ट्रिय अभियान चलाएको नेकपा एमाले सुर्खेत आइपुगेको छ। एमालेले शनिबार सुर्खेतमा प्रदेश नम्बर ६ लाई सम्बोधन गर्ने गरी सभा गर्दैछ।

मेची-महाकाली राष्ट्रिय अभियानमा तराई-मधेसका जिल्लाहरूमा सभा गरेको र प्रदेश नम्बर ६ ले तराई मधेस नछाेएकाेले प्रदेश नम्बर ६ मा कार्यक्रम गर्न लागेको एमाले केन्द्रीय सदस्य एवम् प्रचारप्रसार विभाग उपप्रमुख सूर्य थापाले बताए।

'राष्ट्रिय एकता, संविधान कार्यान्वयन, सामाजिक सद्भाव, निर्वाचन लगायतका कुरा जनतामाझ राख्न मेची-महाकाली अभियान चलायाैं, तर प्रदेश नम्बर ६ ले तराई नछाेएकाेले यहाँ कार्यक्रम गर्न लागेका हाैं', थापाले थाहा खबरसँग भने, 'मेची महाकाली अभियानकाे सन्देश बाेकेर कर्णाली एवं प्रदेश नम्बर ६ पुगेका हाैं।'

एमालेको प्रदेश नम्बर ६ ले आयाेजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरू झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पाेखरेल लगायत नेताले सम्बाेधन गर्ने थापाले जानकारी दिए।

सुर्खेतमा हुने कार्यक्रममा सहभागी हुन प्रदेश नम्बर ६ का विभिन्न जिल्लाका एमाले कार्यकर्ता सुर्खेत पुगेका छन्। फागुन २१ गते प्रदेश नम्बर १ काे झापा काँकडभिट्टाबाट सुरु भएको अभियान कञ्चनपुर पुगेर समापन भएको थियोे।

अभियानका क्रममा प्रदेश नम्बर २ काे सप्तरीमा गाेली चल्दा ४ जनाकाे मृत्युु भयो। सोही कारण दुई नम्बर प्रदेशका बाँकी स्थानमा सभा हुन सकेन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.