|

नेपालगन्ज : एमालेको आमसभालाई लक्षित गरी चैत १ गते मधेसी मोर्चाले गराएको बन्दका क्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबीच भएको झडपमा घाइते भएका सोनपुर गाविस–८, गोदहानाका ७२ वर्षीय जमिल भाटको उपचारको क्रममा मृत्यू भएको छ। झडपका क्रममा आन्दोलनकारीलाई लखट्ने क्रममा प्रहरीको लाठी लागेर घरमै बसिरहेका भाट घाइते भएका थिए।

उनलको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यू भएको संयुक्त मधेसी मोर्चाले जनाएको छ। तर, प्रहरीले भाटको मृत्यू प्रहरीको लाठी लागेर नभएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज वीरबहादुर थापाले भाट पहिलेदेखिनै दम रोगको विरामी रहेको र त्यसैका कारण उनको मृत्यू भएको बताए।

प्रहरीको लाठी लागेर सामान्य घाइते भएका भाट उपचारपछि घर फर्किएको र दम रोगले च्यापेपछि परिवारले शुक्रबार दिउँसो १२ वजे शिक्षण अस्पतालमा भर्ना गरेको थापाले जिकिर गरे। उनले भाटको मृत्यू दमकै कारण भएको दावी गरे। ‘लामो समयदेखि दमको विरामी रहेका भाटको प्रहरीले प्रहार गरेको लाठिले नभई दम रोगबाट भएको हो,’ थापाले भने।  

मधेसी मोर्चाले भने प्रहरीले प्रहार गरेको लाठीले घाइते भएका भाटको मृत्यू उपचारको क्रममा भएको जनाएको छ। ‘प्रहरीको लाठीले घाइते भएका भाटको उपचारकै क्रममा मृत्यू भएको छ,’ संघीय समाजबादी फोरमका अध्यक्ष कमरुद्धिन राईले भने।

झडपका क्रममा ७२ वर्षीय भाटलाई प्रहरीले नियन्त्रणमा लिई आन्दोलनकारी भन्दै यातना दिएका कारण उपचारको क्रममा मृत्यु भएको स्थानीयले आरोप लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.