|

क्वालालम्पुर : एशिया प्रशान्त गैर आवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन भोलिदेखि मलेसियामा सुरु हुँदैछ। एशिया प्रशान्त राष्ट्रहरुमा देखिएको श्रम समस्याका विषयमा छलफल गर्न झण्डै २०० जना एनआरएन मलेसिया आएका छन्। सम्मेलनको उद्‍‍घाटन परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले गर्ने कार्यक्रम छ।

सम्मेलनको पूर्वसन्ध्यामा शनिबार आयोजक मलेसिया गैरआवसीय नेपाली संघले फुटसल प्रतियोगिता गरेको छ। शनिबार गरिएको प्रतियोगितामा मकाउ गैरआवासीय नेपाली संघ पहिलो र मलेसिया गैर आवासीय नेपाली संघ दोस्रो भएका छन्। भोलिदेखि हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष विश्व राईले बताए।

सम्मेलनमा भाग लिनको लागि एशिया प्रशान्त क्षेत्रका १५ मुलुकका गैरआवासीय नेपाली सहित विभिन्न देशहरुबाट अतिथि गैरआवासीय नेपालीहरु मलेसिया आएका छन्। सम्मेलन दुई दिनसम्म चल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.