|

सुर्खेत : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले देशको सच्चा विकास चाहने एक मात्रै पार्टी रहेको दाबी गरेका छन्। नेकपा एमाले प्रदेश नम्बर ६ कमिटीले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको विशाल जनसभामा ओलीले देशलाई समृद्धीमा लैजाने एकमात्रै शक्ति एमाले रहेको दाबी गरे।

उनले करोडभन्दा बढी जनतालाई नदेख्ने कांग्रेसले चारजना विदेशीलाई मात्र देख्ने गरेको आरोप लगाए। उनले भने,'कांग्रेसले चार जना विदेशीलाई मात्र देख्छ, करोड नेपाली देख्दैन।' सम्बोधनका क्रममा उनले कांग्रेसले प्रष्टसंग आँखा देख्न छोडेको भन्दै चस्मा किनिदिनुपर्ने अवस्था आएको दाबी गरे। 

उनले समग्र प्रदेश नम्बर ६ नेकपा एमालेकै योगदानले स्थापना भएको दाबी गरे। कर्णाली प्रदेशको विकासको जिम्मा पनि नेकपा एमाले नै लिने उनले बताए। सुर्खेतको पूर्वाधार विकासका लागि नेकपा एमालेका अध्यक्ष केपी ओलीले विभिन्न महत्वकांक्षी योजनाहरु आमसभामा उपस्थित जनतासामु प्रस्तुत गरेका छन्।

ओलीले संविधान जारी गर्ने कुरा नै नेकपा एमालेको प्रमुख एजेन्डा भएको बताए। उनले देशको विकास बाहेक नेकपा एमालेले अरु कुनै कुरामा पनि समय नदिने बताए।

जनसभामा पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका केन्द्रीय कमिटका नेताहरुले पनि सम्बोधन गरेका थिए।

प्रदेश नं. ६ का १० वटै जिल्लाहरुबाट नेता तथा कार्यकर्ताहरु विशाल सभामा सहभागी भएको नेकपा एमाले प्रदेश नम्बर ६ कमिटीले जनाएको छ। एमालेको सभामा सुर्खेत उपत्यका बाहिरबाट मात्र १ सय बढी गाडीहरुको व्यवस्था गरिएको थियो।

सुर्खेतको सभा विशाल भएपछि उत्साहित बनेका एमाले वरिष्ठ नेताहरुले  प्रदेश नम्बर ६ एमालेको कारण सम्भव भएकाले आगामी चुनावमा विजयको हकदार पनि एमाले नै हुनुपर्ने दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.