|

लखनउ : भारतीय जनता पार्टीका नेता तथा कट्टर हिन्दुवादी छवि बनाएका योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्। उनले स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजेर १५ मिनेट जाँदा मुख्यमन्त्रीको सपथ लिनेछन्। शपथ कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह पनि उपस्थित हुनेछन्। आदित्यनाथ उत्तर प्रदेशमा मुख्यमन्त्री बन्ने पहिलो सन्यासी हुनेछन्।

योगी आदित्यनाथ किन ?

  • उनी कट्टर हिन्दुवादी हुन्। भारतीय जनता पार्टीका फायर ब्रान्ड हुन्।
  • मन्दिर आन्दोलनसँग जोडिएका नेता हुन्। राम मन्दिरको मुद्दा उठाउँछन्।
  • भारतमा २०१९ मा लोकसेवा चुनाव हुँदैछ र अहिले विधानसभामा देखिएको ध्रुवीकरण त्यतिबेला पनि कायम रहनसक्ने बताइएको छ।
  • यस चुनावमा उत्तर युपीदेखि पूर्वान्चलसम्म योगी आदित्यनाथले ठुलो प्रचार गरेका थिए।
  • भाजापाले बहुमत पाएको छ। उ हिन्दुत्वको नारा स्थापित गर्न चाहन्छ।
  • आदित्यनाथमाथि अहिलेसम्म भ्रष्ट्राचारको कुनै आरोप छैन्।
  • गोरखपुरबाट उनी ५ वर्षसम्म सांसद् चुनिएका छन्।
  • आरएसएसको नजिक मानिन्छन्। त्यसैले उनको नाममा सजिलै मोहर लाग्यो।

चुनौती के-के छन्?

  • भारतको केन्द्र सरकारले ल्याएका सुकन्या योजना, जनधन योजना र उज्जवला योजनालाई लागु गर्नपर्ने चुनौती उनीसामु छ।
  • यूपीमा व्याप्त नोकरशाही प्रवृत्तिमाथि लगाम लगाउनुपर्नेछ।
  • हिन्दूहरुले उनीबाट गौहत्या रोक्ने,हिन्दुत्वको पलायन रोक्ने लगायतका आशा राखेका छन्।
  • मुसलमानका मुद्दाहरुलाई पनि उनले हेर्नुपर्ने हुन्छ। जसका कारण मुसलमानहरुले आफु असुरक्षित महसुस नगरुन्।
  • अति पिछडिएका दलितदेखि सबैको साथ लिएर हिड्नुपर्ने चुनौती छ किनकी अब उनी एउटा समुदाय नभएर सिंगो प्रदेशको प्रतिनिधित्व गर्दैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.