|

काठमाडौं : ठमेल निवासी प्रदीप अधिकारीले काठबाट हस्तकलाका समान बनाउन थालेको ६ वर्ष भयो। उनले बनाएको काठका मूर्ति, बाकस, घडी,काठको मन्दिर, फोटो फ्रेम आदिजस्ता सामान स्वदेशका मुख्य सहर काठमाडौं, पोखर, चितवनमा मात्र नभई विदेशमासमेत निर्यात हुन्छन्।

यो व्यवसाय गर्नुअघि उनले ६ वर्षसम्म  एक हस्तकला पसलमा काम गरेका थिए। 'यो व्यवसाय गर्नु अगाडि मैले यस्तै  एउटा हस्तकलाका सामान पसलमा ६ वर्ष काम गरेको थिएँ। त्यहाँको कामको अनुभव बटुलेर मैले यो उद्योग खोलेको हु' उनले भने।

सुरुवाती अवस्थामा व्यपारमा घाटा व्यहोर्दा पनि न उनी आत्तिए, न त पछि नै हटे, केवल गरे त मात्र 'संघर्ष' र  अन्त्यमा सफलता पनि हासिल गरे।' सुरुमा कोहीसँग चिनजान पनि थिएन न त राम्रो अनुभव भएको कामदार नै पाएँ बाहिर समान जाने त सवालै भएन तर, पनि मैले हरेस खाइन रात दिन मिहिनेत मात्र गरें ' उनले भने।
मिहिनेत गरेअनुसार उनले अहिले फल पनि पाइरहेका छन्। अहिले उनी वार्षिक बाहिरी देशमा मात्र  २० लाखको समान  पठाउँछन्। यसरी पठाएको समानबाट उनले वार्षिक सातदेखि आठ लाखसम्म कमाउने गरेका छन्। उनको समान बाहिरी देश जान थालेको भने झन्नै ४ वर्ष भयो।

वन्सथलीको रानी वनमा  रहेको उनको क्राफ्ट होम प्रा.लि, हस्तकला उद्योगमा हाल ६ जना कामदार कार्यरत छन्। अधिकारीले डेड करोड  रुपैयाँ लगानीबाट उद्योग सुरु गरेका हुन्। उनले बनाएका सामानहरु थाइल्यान्ड, स्विजरल्यान्ड, भिएतनाम, चीन, मलेसियासम्म पुगेका छन्। उनले हस्तकलाका सबै सामानहरु  सिसौ, चाँद, सल्लोजस्ता वनस्पतिबाट बनाउने गरेका  छन्।

'मैले बनाउने काठका हस्तकलामा सिसौ, चाँद, सल्लोको काठ प्रयोग गर्ने भए तापनि विशेष गरी मेरो हस्तकलामा चाँपको काठ बढी प्रयोग गर्छु। मैले बनाएका समानहरुमा १ सयको सिन्दूर राख्ने भाडादेखि ८० हजार सम्मको मूर्ति रहेका छन्।' उनले भने

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.