|

जनकपुरधाम : हरिहरपुरलाई क्षिरेश्वरनाथ नगरपालिकाबाट हटाएर मिथिला नगरपालिकामा गाभेको भन्दै स्थानीयहरुले क्षिरेश्वरनाथ नगरपालिकामा तालाबन्दी गरेको छ। हरिहरपुरलाई क्षिरेश्वर नगरपालिकाबाट हटाएर मिथिला नगरपालिकामा गाभेको विरोधमा स्थानीयवासीहरु आन्दोलित हुदै क्षिरेश्वर नगरपालिकाको कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरेका हुन्।

हालै स्थानीय तहको संरचना परिवर्तन गरी हरिहरपुरलाई क्षिरेश्वर नगरपालिका वडा नम्बर ८ र ९ बाट हटाएर मिथिला नगरपालिकामा गाभिएकोमा उनीहरुको त्यसको विरोध जनाएको छ। स्थानीयवासीहरुले साविकको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ र ९ लाई टुक्रयाउन नपाइने भन्दै नारावाजी सहित तालाबन्दी गरिएको स्थानीय सुदिपकुमार शर्माले जानकारी दिए।

यता उनीहरुले लोहनामा सडक जाम गरेर प्रदर्शन समेत गरेका थिए। उनीहरुले जनकपुर ढल्केवर सडकखण्ड अन्तर्गत महेन्द्रनगरमा दिउँसो १ बजे देखि २ बजे सम्म सडक जाम समेत गरेका थिए। अहिले माध्यमिक शिक्षा परिक्षा चलिरहेकोले माग पूरा नभए सम्म दैनिक एक घण्टा चक्का जाम गर्ने र परीक्षा पछि पूर्ण रुपमा यातायात ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन्। आफूहरुको माग पूरा नभए सम्म तालावन्दी यथावत राख्ने समेत चेतावनी समेत दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.