|

विराटनगर : मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले नेपाली कांग्रेसमा आफ्नो प्रवेशलाई लिएर भइरहेको चर्चाप्रति खुसी व्यक्त गरेका छन्। उनले राजनीतिमा सबै कुरा सम्भव रहेकाले कांग्रेसभित्र चलेको बहसले आफूलाई खुसी तुल्याएको बताए।

कांग्रेसले मेरो आवश्यकता महसुस गर्नु मेरो लागि खुसीको कुरा हो’, आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता गच्छदारले भने, ‘कांग्रेसले मलाई धेरै नै खोजेको छ, राजनीतिमा एउटा भनाइ छ नि पोलटिक्स इज गेम अफ पोसिविलिटी।उनले कांग्रेससित भने यो विषयमा आफ्नो औपचारिक कुराकानी नभएको बताए। कांग्रेसका साथीहरूसित दिनदिनै भेटघाट हुन्छ, उहाँहरूले आइदिनुपर्याे भनेर आग्रह गर्नुभएको छ,’ उनले भने, ‘औपचारिक छलफल भए पार्टी एकीकरण वा चुनावी तालमेलको सम्बन्धमा छलफल हुनसक्छ ।

यथास्थितिमा सरकारमा सहभागी नहुने उल्लेख गर्दै नेता गच्छदारले वर्तमान राजनीति समस्या समाधानका लागि सरकारसित आफूले रोडम्याप मागेको बताए। समस्या समाधानको एजेण्डा मागेको छु,’ उनले भने, ‘सरकारको तर्फबाट त्यो आएपछि मात्रै हाम्रो सहभागिता (सरकारमा) हुन्छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.