|

स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियलाई पराजित गर्दै महत्वपूर्ण ३ अंक थपेको छ। घरेलु मैदानमा गएरति सम्पन्न खेलमा बार्सा ४-२ ले विजयी भयो। उसको जितमा लियोनल मेसीले २ तथा लुइस स्वारेज र आन्द्रे गोमेजले १-१ गोल गरे। 

जितसँगै बार्साले अंक तालिकामा लिग लिडर रियल मड्रिङसँगको दूरी २ मा झारेको छ। यद्यपी रियलले १ खेल कम खेलेको छ।

खेलमा अग्रता भने भ्यालेन्सियाले नै लिएको थियो। २९औं मिनेटमा मंगलाको गोलबाट पछि परेको बार्सालाई त्यसको ६ मिनेटपछि स्वारेजले बराबरीमा ल्याए। ४४औं मिनेटमा प्राप्त पेनाल्टी मेस्सीले सदुपयोग गरेको १ मिनेटपछि नै बार्सिलोनाले नै लोनमा पठाएका मुनिर अल हलदादीले भ्यालेन्सियाका लागि बराबरी गोल गरे।

त्यसपछि ५२औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सा ३-२ ले अघि भयो। ८९औं मिनेटमा गोमेजले बललाई जाली चुमाउँदा ४-२ को सहज जित प्राप्त भयो।

यस्तै अर्को खेलमा एथ्लेटिको मड्रिडले सेभियालाई ३-१ ले पराजित गर्‍यो। उसको जितमा ग्रिजम्यान, कोके र गोडिनले एक-एक गोल गरे।

अंकतालिकामा २७ खेलबाट ६५ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ। उसले भन्दा एक खेल बढी खेलेका बार्सिलोना (६३), सेभिया (५७) र एथ्लेटिको मड्रिड (५५) क्रमश: दोस्रो, तेस्रो र चौँथो स्थानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.