|

नुवाकोट: नुवाकोटको खड्गभञ्ज्याङ गाविस–९ की ९० वर्षीया सुकमाया आइतवार निकै खुशी देखिइन्। लामो समयदेखि अप्ठ्यारो महसुस गरिरहेकी उनी आफ्नो गाउँमै महिला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर चलेपछि खुशी भएकी हुन्।

राम्ररी हिँड्नसमेत नसक्ने उनी लौरो टेकेरै शिविर भइरहेको स्थान बुद्धसिंङ घाटस्थित विद्यालय प्रांगणमा पुगेकी थिइन्। आफन्तको सहारामा आएकी उनलाई गाइनोलोजिष्ट डा.बालगोविन्द चौधरीले उपचार गर्नुका साथै निशुल्क औषधी दिए।

‘अस्पतालसम्म जानसक्ने अवस्था थिएन, गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएपछि उपचार पाइयो,’ उनले भनिन्। गाउँमा सबैबाट हजुरआमाको उपमा पाएकी उनले निशुल्क स्वास्थ्य शिविर र औषधी वितरण गर्ने संस्थालाई पनि संधै यस्तै काम गर्नु भन्दै आशीर्वाद दिइन्। 

गाउँमा उपचार पाउन नसकेका र महिला तथा पुरुषमा प्रजनन स्वास्थ्यको विषयमा निकै कम ज्ञान भएको सूचनाको आधारमा नेपाली महिलाहररूको आवाज नामक संस्थाले आइतबार खडगभञ्ज्याङमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण कार्यक्रम गरेको हो। शिविरबाट ४ सय २१ जना लाभान्वित भएको संस्थाकी अध्यक्ष सुमित्रा थापाले बताइन्।

‘उपचार पाउन नसकेका महिलाहररूलाई लक्षित गरी आयोजना गरिएको शिविरबाट अत्यन्त उत्साहित भएका छौं, हामीले सोचे भन्दा बढीले शिविरबाट सेवा पाउनु भयो’, थापाले भनिन्। उपचारका लागि आएका सबैलाई प्रसूति गृहका चिकित्सक चौधरीले परामर्शसहित उपचार गरेका थिए। शिविरका लागि 'मिडवाइ फ्रि सोसाइटी अफ नेपाल'ले निःशुल्क औषधी सहयोग गरेको अध्यक्ष थापाले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Good job sumitra thapa hee.