|

दमक : झापाको कमलनगर गाउँपालिकामा आइतबार साँझ भएको बस दुर्घटनामा गम्भीर घाइते एक जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी दमक–२ की ३० वर्षीया निता बिष्टको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। 

घाइते दमक–२ का २३ वर्षीया लक्ष्मी पोखरेल र दमक– ९ का ४१ वर्षीय अनन्त खनालको विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी राजन लिम्बुले बताए। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३ ख ७८१५ नम्बरको बस तिब्र गतिका कारण कमलनगर गाउँपालिका–५ स्थित सीतापुरी चोकमा पल्टिएको थियो।

तीब्र गतिमा रहेको बसले विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ५३९१ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ। बस र चालकलाई नियन्त्रणमा लिएर आवस्यक छानविन गरिरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.