|

सिरियामा सरकारी सेना र विद्रोहीबीच भीषण संघर्ष चलिरहेको छ। दमास्कस आसपासको क्षेत्रमा सेना र विद्रोहीबीच संघर्ष चलिरहेको अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन्।

बेलायती मावअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार सरकारी सेनाको घेरा तोड्का लागि विद्रोहीले ठाउँ ठाउँमा आत्मघाती विस्फोट गराएका छन्। संघर्षका क्रममा गोप्य सुरुङ मार्गको समेत प्रयोग भएको छ।

सरकारी सेनाले विद्रोहीविरुद्ध तीन दर्जन लडाकु जहाजको समेत प्रयोग गरेको बीबीसीले जनाएको छ। विद्रोहीले रकेट हमला गरेपछि प्रतिरक्षाका लागि हवाइ आक्रमण गरिएको सरकारी सेनाले जनाएको छ। एएफपीका अनुसार दमास्कसमा विस्फोटक आवाज सुनिएको छ।     

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.