|

गुल्मी : माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन गुल्मीको रिडी आएका एक विद्यार्थी कालीगण्डकी नदीमा बेपत्ता भएका छन्। ठूलो लुम्पेक- २ घर भएका चेतन सिंजाली आइतबार पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ।

चेतन ४ जना साथीसँगै पौडी खेल्न कालीगण्डकी नदीमा गएका थिए। स्थानीय र प्रहरीले उनको खोजी कार्य जारी राखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.