|

  • रमेश पराजुली-

सिन्धुपाल्चोकः  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सदरमुकाम आसपासका विभिन्न ठाउँबाट बरामद गरेको करिब २ सय १० लिटरभन्दा धेरै घरेलु मदिरा नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीद्वारा अवैध रुपमा बिक्री गर्न बजार ल्याउँदै गरेको घरेलु मदिरा इर्खु, स्याउले र चौतारा आसपासबाट बरामद गरिएको प्रहरी निरीक्षक हरिकृष्ण केसीले बताए।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले विभिन्न गाउँ इलाका र क्षेत्रहरुमा शान्ति सुरक्षाका विषयमा चासो राख्दै घरेलु मदिरा बिक्री वितरणमा कडाइ गरेको छ। यसअघिका दिनहरुमा पनि जिल्ला प्रहरी कार्यालयले धेरै घरेलु मदिरा नष्ट गरिसकेको छ। 

समाजमा कुनै पनि किसिमको अप्रिय घटना घट्न नदिन मदिरा बिक्री वितरणमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रविन्द्र केसीले जानकारी दिए।

यस्तै, इलाका प्रहरी कार्यालय मेलम्चीले पनि घरेलु मदिरा निर्माणमा प्रयोग हुने कच्चा पदार्थहरु मर्चा नियन्त्रणमा लिँदै नष्ट गर्ने कार्यलाई तीव्रता दिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए।

गरिबलाई रोजिरोटीकै चिन्ता

जिल्ला प्रहरी कार्यालयको सक्रियतामा गाउँघरमा उत्पादन गरिएको घरेलु मदिरा बिक्री वितरणमा कडाइ गरेको छ। बिहान खाए बेलुका के खाऊँ भन्ने गरिब परिवारले महँगो मूल्यमा कोदो खरिद गरी उत्पादन गरेको घरेलु मदिरा नियन्त्रण गर्दा गरिबहरुको रोजिरोटीमै समस्या परेको छ।

विदेशबाट भित्रने महँगा रक्सीका बोतल खुलेआम बिक्री गर्दा प्रहरी मौन छ। ‘सक्नेले विदेशी महँगा बोतल बिक्री वितणमा रोक लगाओस् न, सधैं हामी गरिबको पसिना मात्र पोख्छ’ एक व्यापारीले भने। सिन्धुपाल्चोक जिल्लाका ग्रामीण भेगका गरिब परिवारले मदिरा उत्पादन र बिक्री वितरणलाई आफ्नो जीविकाको आधारका रुपमा लिने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.