|

चितवन : नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षमा पत्रकार राधेश्याम खतिवडा निर्वाचित भएका छन्। संघको ११ औं अधिवेशनमा स्वतन्त्र पत्रकार संघका उम्मेदवार सूर्यप्रकाश कंडेललाई पराजित गर्दै संयुक्त प्यानलका उम्मेदवार खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन्।

खतिवडाले १४५ र कँडेलले १९ मत ल्याए। यही चैत ५ गते निर्वाचन भएपनि सोमबार महासंघले निर्वाचित पदाधिकारी र पार्शदहरुको नामावली सार्वजनिक गरेको हो।

प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन र महासंघको तर्फबाट खतिवडाले उम्मेदवारी दिएका थिए। यस्तै महासंघको उपाध्यक्षमा नारायण अधिकारी र शान्ता अधिकारी निर्विरोध चयन भएका छन् भने सचिवमा राजु चौधरी (३५) लाई हराउँदै तीर्थ नेपाल (१३२) मतका साथ निर्वाचित भए। पदाधिकारीमा अध्यक्ष र सचिव पदका लागि निर्वाचन भएको थियो। 

पत्रकारसँग सम्बन्धित विभिन्न संघसंस्थाले भागबण्डामा उम्मेदवारी दिएका थिए। अध्यक्ष र सचिवमा प्रेस चौतारी, खुला उपाध्यक्ष र एक सहसचिवमा प्रेस युनियन तथा महिला उपाध्यक्ष र कोषाध्यक्षमा प्रेस सेन्टर आवद्ध पत्रकार चयन भए।

सह सचिवमा प्रविण दत्त र सन्तकुमार चौधरी निर्विरोध निर्वाचित भए। यस्तै महिला सदस्यमा प्रमिता ढकाल, जनजातितर्फ वविलाल तामाङ, दलिततर्फ अमिर रामुदामु, समावेशीतर्फ रिता ढकाल भगत निर्विरोध चयन भएका छन्।

आठ जना कार्यसमिति सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेको थियो। प्रतिस्पर्धामा संयुक्त प्यानलबाट उम्मेदवार बनेका आनन्द पोखरेल, उमेश काफ्ले, उर्गेन तामाङ, प्रकाश सिग्देल, प्रस्ताव सुवेदी, राजु थापा, राजु सापकोटा र रुपा बस्नेत निर्वाचित भए।

२३ जना केन्द्रीय सभासद र ३१ जना प्रदेशका सभासद पनि निर्विरोध निर्वाचित भएका छन्। केन्द्रीय सभासदमा ६ जना महिला निर्वाचित भएका छन्। अनिल ढकाल, कृष्ण गिरी, चिन्तामणि पौडेल, दीपक आचार्य, दीपेन्द्र बडुवाल, नवराज ढकाल, नारायण ढुंगाना, वसन्त पराजुली, रामबाबु सुवेदी, विनोद त्रिपाठी, विनोद खतिवडा, विश्वास पौडेल, शालिग्राम नेपाल, शिशिर सिंखडा, सुरेशचन्द्र अधिकारी, हरिप्रसाद पोखरेल र होमनाथ सापकोटा चयन भए ।

महिलातर्फ केन्द्रीय सभासदमा इन्दिरा दाहाल, चाँदनी हमाल, प्रतिमा सिलवाल, शारदा पौडेल, सविता श्रेष्ठ र सिर्जना अर्याल सर्वसम्मत चयन भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.