|

चितवन : चितवनमा अण्डाको मूल्य घटेको छ। सोमबारदेखि लागू हुनेगरी अण्डाको मूल्य घटाइएको नेपाल अण्डा उत्पादक संघले जनाएको छ। नेपाल अण्डा उत्पादक संघको आइतबार बसेको बैठकले सोमबारदेखि लागू हुनेगरी अण्डाको मूल्य घटाएको हो। 

संघले ठूलो अण्डा फार्म मूल्य प्रतिक्रेट ३ सय २० र बिक्री मूल्य ३ सय २५ कायम गरिएको छ भने मझौला अण्डा फार्म मूल्य २७० र बिक्री मूल्य २ सय ७५ कायम गर्ने निर्णय गरेको छ।

यसअघि ५ माघमा बसेको संघको निर्णयअनसुार ठूलो अण्डा फार्म मूल्य ३ सय ४५ र बिक्री मूल्य ३ सय ५० कायम गरी बिक्री वितरण हुँदै आएको थियो। यसैगरी, मझौला अण्डा फार्म मूल्य प्रतिक्रेट ३२५ र बिक्री मूल्य ३ सय ३० मा बिक्री हुदै आएको थियो।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले अहिलेको समयमा अण्डाको माग पनि क्रमश: घट्दै गएको र उत्पादनमा कमी नआएका कारण अण्डाको मूल्य घटाइएको जानकारी दिए।

देश तथा जिल्लामा अण्डाको उत्पादन राम्रो भए पनि उपभोगमा केही कम भएको कारण अण्डाको मूल्य घटाउनु परेको उनको भनाइ छ। देशका केही ठाउँमा बर्डफ्लुको संक्रमण देखिएलगतै अण्डाको उपभोग कम भएको आशंका गरिए तापनि संक्रमणको कारणले उपभोगमा कमी नआएको व्यवसायीले दाबी गरेका छन्।

चितवन जिल्लामा मात्रै दैनिक १० लाख अण्डा उत्पादन हुने गरेको छ भने, देशभर दैनिक २२ लाख अण्डा उत्पादन हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.