|

काठमाडौं : भृकुटीमण्डपमा चैत २ गते सुरु भएको छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला सोमबार सकिएको छ। विदेशी बजारको अध्ययन र स्वदेशी समानको प्रदर्शनी गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य संघले मेलाको आयोजना गरेको थियो। 

नेपाल उद्योग वाणिज्य संघका उपनिर्देशक विष्णुराज ढकालले मेला सफल भएको बताए। 'नेपाली उत्पादनले बाहिरी उत्पादनसँग प्रतिस्पर्धा गर्न के के कुरामा ध्यान दिनु पर्नेरहेछ भनेबारे अध्ययन गर्न र नेपालमा के कस्ता समान उत्पादन हुने रहेछ भन्ने जानकारी दिन हामीले यो मेला आयोजना गरेका हौ र हामी सफल पनि भयौं' उनले भने। 

व्यापार मेलामा नेपालसहित चीन, भारत, वंगलादेश, पाकिस्तान, थाइल्यान्ड गरी पाँचवटा देशका उत्पादनहरु पनि राखिएको थियो। चीनका स्टलमा मेसिनरी, इलोक्ट्रोनिक्स र प्रविधि सम्बन्धी सामानहरु राखिएको थियो। वंगलादेशको स्टलमा फेसन र गार्मेट, पाकिस्तानको स्टलमा फर्निचर र छालाका सामान राखिएको थियो। त्यस्तै भारतको स्टलमा धेरैजसो भान्सामा प्रयोग हुने सामान राखिएको थियो। 

पाँच दिन चलेको मेलाको १ लाख २० हजार जनाले अवलोकन गरेका र करिब १५ करोड रुपैया बराबरको करोबार भएको छ महासंघका उपनिर्देशक विष्णुराज ढकालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.