|
फोटो : बीबीसी

बीबीसी/दमास्कस : सिरियाको राजधानी दमास्कसको बाहिरी इलाकामा राष्ट्रपति बसर अल असदका सैनिक र विद्रोहीबीच कडा सङ्घर्ष चलिरहेको छ। त्यहाँ भएको हवाई आक्रमणमा परी ४२ जनाको मृत्यु भएको त्यहाँका अधिकारीले जनाएका छन्।

सिरियाका सरकारी सञ्चार माध्यम भन्छन् कि जोबारमा आक्रमणका लागि गोप्य सुरुङको समेत प्रयोग गरिएको छ। त्यहाँका बासिन्दा विद्रोहीका तर्फबाट अचानक आक्रमण भएपछि सहरमा गोला बारुद र रकेटबाट आक्रमण भइरहेको बताउँछन्।

सरकारी प्रतिरक्षा पंक्तिलाई तोड्न प्रयास गर्नुअघि चरमपन्थीहरूले जोबार जिल्लामा दुई आत्मघाती कार बममा बिष्फोट गराएका पर्यवेक्षकहरूले बताएका छन्। सरकारी सेनाले यी आक्रमणको जवाफ प्रत्याक्रमणले दिएको छ।

दमास्कसमा विपक्षीको कब्जामा रहेका केही इलाका जोबार सहरको नजिक छन्। पछिल्ला दुई वर्ष भन्दा लामो समयदेखि युद्धप्रभावित क्षेत्रमा नियन्त्रणको विषयलाई लिएर एकातर्फ राष्ट्रपति असदका सेना र अर्कातर्फ विद्रोही र जेहादी समूहको संघर्ष जारी छ।

दमास्कसबाट एएफपी संवाददाता भन्छन्, ‘सेनाले दमास्कसको सामरिक हिसाबले महत्त्वपूर्ण अब्बासी चौराहमा पुग्ने बाटो बन्द गरिदिएको छ। यसबीच बम बिष्फोटका आवाजहरू सहरका केही स्थानमा सुनिइरहेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.