|

जनकपुरधाम : धनुषामा सर्वसाधारणको एक करोड रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सर्वसाधारणले बचत गरेको एक करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक पुनम साह पक्राउ परेकी हुन्।

जनकपुरमा प्रधान कार्यालय रहेको सो सहकारी संस्थाका सञ्चालक साहले यसअघि नै शाखा कार्यालय महेन्द्रनगरको कागजपत्रहरु गायब गरिसकेको र यदुकोहा शाखाको कागजपत्रहरु गायब गर्न खोजेपछि कर्मचारीहरुले नै नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको प्रहरी निरीक्षक पवन झाले जानकारी दिएका छन्।

साहमाथि ठगी मुद्दा चलाइए पनि ईलाका प्रहरी कार्यालयमा महिला प्रहरीको अभाव रहेका कारण जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी निरीक्षक झाको भनाइ छ। तीन सय भन्दा बढी सर्वसाधारणले बचत गरेको एक करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको साहमाथि आरोप रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.