|

विराटनगर : संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताले विराटनगरस्थित जिल्ला समन्वय समिति मोरङको कार्यालय सहित केही स्थानीय तहमा सोमबार तालाबन्दी गरेका छन्  

फोरम जिल्ला अध्यक्ष राजकुमार यादवको नेतृत्वमा पुगेका कार्यकताले जिल्ला समन्वय समितिको कार्यालय खुल्नासाथ तालाबन्दी गरेका थिए।

तालाबन्दीपछि समितिको काममा अवरोध भएको छ। स्थानीय तह पुनर्संरचना आन्दोलनरत मधेसी मोर्चासँग छलफल र समन्वय नगरी भएको विरोधमा रहेको फोरमले असहयोग आन्दोलन सुरु गरेको हो।

तालाबन्दी गर्दै समिति परिसरमा आयोजित कार्यक्रममा फोरम मोरङ अध्यक्ष राजकुमार यादवले मधेस र मधेसीका माग पूरा नहुञ्जेल आन्दोलन जारी रहने बताए। असहयोग आन्दोलन अन्तर्गत नगरपालिका र गाउँपालिकाको काममा पनि अवरोध गरिने उनको भनाइ छ।  

फोरमसहित मधेसी मोर्चाका कार्यकर्ताले गाविसमा पनि तालाबन्दी गरी कागजात नियन्त्रणमा लिएका छन्। जिल्लाको सुनवर्षी नगरपालिकासहित कटहरी, दादरवेरिया र धनपाल गाउँपालिका कार्यालयमा पनि तालाबन्दी गरेका छन्। ती नगरपालिका र गाउँपालिका जिल्लाको दक्षिणी भेगका मधेस बाहुल्य क्षेत्रमा पर्छन्।

आन्दोलनरत मधेसी मोर्चासँग छलफल र समन्वय नगरी स्थानीय तह पुनर्संरचना गरिएको विरोध स्वरुप फोरमले असहयोग आन्दोलन थालेको छ। मोरङमा स्थानीय तह पुनर्संरचना अन्तरगत एक उपमहानगर, ८ नगरपालिका र ८ गाउँपालिकासमेत १७ स्थानीय तह बनाइएको छ। ती स्थानीय तह कार्यान्वयनमा आइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.