|

जनकपुरधाम : धनुषाको जनकपुरमा तेल टयाङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जनकपुरबाट ढल्केवर तर्फ जादै गरेको ना ४ ख २७२१ नम्बरको टयाङ्करले ज ९ प १४९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार महेश साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

ढल्केवर–जनकपुर सडक खण्ड अन्तर्गत जनकपुर उप–महानगरपालिकाको वडा ९ वागवानी नर्सरीमा ठक्कर दिँदा १३ वर्षका साहको मृत्यु भएको छ। महोत्तरी जिल्लाको खुट्टापिपराढी ३ घर भएका साह बाबु रामनारायणले चलाएको मोटरसाइकलमा सवार थिए।

दुर्घटनामा रामनारायण गम्भीर घाइते भएका छन्। उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.