|

भँगेरा र भँगेरी
कुरा गर्छन् कसरी

चुरचुर गर्छ भँगेरो
चिरचिर गर्छे भँगेरी …

राष्ट्रकवि माधव घिमिरेले लेखेको यो कवितामा भँगेराको वयान गरिएको छ। सोमबार नेपालमा पनि भँगेराको बारेमा चर्चा गर्दै विश्व भँगेरा दिवस मनाइएको छ। हाम्रो घर आँगन र चउरहरुमा देखिने सानो र छरितो चरा भँगेराको संरक्षणका लागि सन् २०१० देखि मार्च २० गते विश्व भँगेरा दिवस मनाउन थालिएको हो। नेपालमा भने केही वर्ष अगाडिदेखि मनाउन थालिएको हो। यो वर्षको भँगेरा दिवसको नारा 'भँगेरामै छ जे छ' भन्ने राखिएको थियो। ललितपुरमा आयोजित सो कार्यक्रममा वनस्पति विज्ञ तीर्थबहादुर श्रेष्ठले भंगेरा र प्रकृतिको सम्बन्ध बारे प्रवचन दिनु भएको थियो । 

भँगेरा दिवसको अवसर पारेर हामीले केही भँगेराको फोटो संकलन गरेका छौं हेर्नुस्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.