|

काभ्रे : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि पहिलो सर्त मानवता भएको बताएका छन्। काभ्रेको पाँचखालमा आयोजित शान्ति प्रयास३ को उद्घाटन गर्दै सोमबार प्रधानमन्त्री प्रचण्डले भने, ‘विश्वशान्तिका लागि मानवता अपरिहार्य छ, तर यो हाम्रा लागि निकै टाढा छ।

नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्ड (युएसप्याकम) को सहआयोजनामा नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिमकेन्द्रमा सञ्चालन हुने अभ्यास शान्ति प्रयासIIIको एक विशेष कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले शान्तिको दीप प्रज्वलन गरी शुभारम्भ गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री प्रचण्ड, प्रधानसेनापति राजेन्द्र क्षत्री, युएसप्याकमका कमाण्डर एडमिरल ह्यारी बी. ह्यारिस जुनियर र नेपालका लागि अमेरिकी राजदूत एलिना बी. टेप्लिजले विश्व शान्ति स्थापना कार्यमा खटिँदा वीरगति प्राप्त गरेका नेपाली सेनाको वीर स्मारिकामा छुट्टाछुट्टै माल्यार्पण गर्नुका साथै शान्तिको प्रतीक परेवासमेत उडाएका थिए। 

कार्यक्रममा उपस्थित अतिथिहरूले नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ गरेको कार्यको प्रशंसा गर्दै यस किसिमको अभ्यासले विश्व शान्ति स्थापना कार्यमा थप मद्दत पुग्ने विश्वाससमेत व्यक्त गरेका थिए।

कार्यक्रममा व्याण्ड डिस्प्ले, खुकुरी ड्रिल, सांस्कृतिक कार्यक्रमलगायत अनआर्म कम्व्याटको समेत प्रस्तुति गरिएको थियो।

उक्त अभ्यासमा नेपालसहित २८ राष्ट्रका करिव एक हजार २४ जना सैनिक सहभागी हुने नेपाली सेनाले जनाएको छ।

यस प्रकारको बहुराष्ट्रिय सेना सम्मिलित अभ्यासबाट छिमेकी मित्रराष्ट्रबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न मद्दत पुग्ने नेपाली सेनाको विश्वास रहेको प्रधानसेनापति क्षत्रीले बताए। साथै विश्व शान्ति स्थापना कार्यमा समेत थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ’, नेपाली सेनाले विज्ञप्तिमार्फत भनेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.