|

रुकुम : संघीय संरचनाअनुसार स्थानीय तह कार्यान्वयनमा आएपछि देशका विभिन्न ठाउँजस्तै रुकुम जिल्लामा पनि लफडा भएको छ। सर्वदलीय निर्णय विपरीत हाललाई प्रस्तावित भन्दै स्थानीय तह गाउँपालिका तथा नगरपालिकाको केन्द्र माथिबाटै तोकिएर आएपछि रुकुममा तनाव उत्पन्न भएको हो।

रुकुमलाई दुई भागमा विभागन गरेर पूर्वी र पश्चिमी मात्र भनेपछि तनावमा रहेका रुकुमेलीलाई केन्द्र निर्धारणले झन पीडा महसुस गरायो। एकआपसमा मिलेर बसेका समुदायलाई छिन्नभिन्न पारेपछि कतै खुसीयाली त कतै पीडा सिर्जना भयो।

रुकुमका कुनै-कुनै स्थानमा गाउँपालिका कार्यालय उद्घाटन गर्न गएका कर्मचारीलाई अपहरणसमेत गरियो। कर्मचारी अपहरण गरेरै भए पनि आफूले भनेकै ठाउँमा गाउँपालिका कार्यालय उद्घाटन गरियो। जबरजस्ती गाउँपालिका कार्यालय उद्घाटनपछि गाउँमा काम गर्ने वातावरण नभएको भन्दै कर्मचारी सदरमुकाम विस्थापित भएका छन्। 

पुथा उत्तरगंगा गाउँपालिकाको कार्यालय स्थापना गर्नका लागि केन्द्र प्रमुख तिलक रावतसहित साविकको कोल गाविसको कार्यालयमा चैत ४ गते पुगेको टोलीलाई घरेलु हतियार र भरुवा बन्दुकसहित आएका तकसेराका स्थानीयवासीहरुले लखेटेपछि आफूहरु सदरमुकाम आएको एक कर्मचारी बताए। 

कार्यक्रमको प्रमुख अतिथिका रुपमा त्यहाँ पुगेका जिल्ला समन्वय समिति रुकुमका कार्यक्रम अधिकृत चिन्तामणि दाहालले स्थिति सहज नभएकाले आफू पनि समयमै फिर्ता भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.