|

सल्यान : भक्तपुरको एक इँटा उद्योगबाट सल्यानका दुई बालकको उद्धार गरिएको छ। बन्गाड कुपिण्डे नगरपालिका–१२ का १३ वर्षीय नेत्रलाल घर्ती र वडा नं.११ का १३ वर्षीय नेत्रलाल पुनको उद्धार गरिएको हो। 

जिल्ला बालकल्याण समिति भक्तपुरको नेतृत्व तथा महानगरीय प्रहरी परिसर भक्तपुर र बालविकास समाजको समन्वयमा भक्तपुरका इँटा उद्योगबाट उनीहरूको उद्धार गरिएको हो। भक्तपुरको सरस्वती इँटा उद्योग र महेश्वरी इँटा उद्योगबाट उनीहरूको उद्धार गरिएको बाल विकास समाज भक्तपुरका दिपेन्द्र पराजुलीले जानकारी दिए।  

महिला तथा बालबालिका कार्यालय सल्यानको समन्वयमा ती बालकलाई परिवारको जिम्मा लगाइएको छ। कक्षा ४ मा पढ्ने उनीहरूले आफूहरू पैसा कमाउन २ महिनाअघि भक्तपुर गएको बताए। पारिवारिक बेमेलका कारण उनीहरू घरबाट भागेको हुनसक्ने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.