|

लन्डन : ​लिसेस्टर सिटीका स्ट्राइकर जेमी भार्डीले प्रशिक्षक क्लाउडियो रेनेरीको बर्खास्तीपछि आफुलाई ज्यान मार्ने धम्की आएको बताएका छन्। उनले रेनेरीको बर्खास्तीपछि आफ्नो परिवारलाई निशाना बनाइएको आरोप लगाए।

३० वर्षीय स्ट्राइकरले आफ्नो प्रभावमा क्लबले इटालियन प्रशिक्षक रेनेरीलाई बर्खास्त गरेको भन्ने झुठो हल्लाका कारण यस्तो अवस्था आएको बताए। गत फेब्रुअरीमा लिसेस्टर सिटीले रेनरीलाई बर्खास्त गरेको थियो। इंलिस प्रिमियर लिग जिताएको ९ महिनामै उनी बर्खास्तीमा परे। उनी बर्खास्तीमा पर्दा डिफेन्डिङ च्याम्पियन लिसेस्टर प्रिमियर लिगको १७ औं स्थानामा थियो।

रेनेरीको सट्टामा क्लब सम्हालिरहेका अन्तरिम प्रशिक्षक क्रेइग सेक्सपियरले आफ्ना खेलाडीहरुको विद्रोहका कारण क्बलले रेनेरीलाई बर्खास्त नगरेको दाबी गरेका थिए। तर जेम्स भार्डी लगायतका केही खेलाडीहरुका कारण रेनेरी बर्खास्तीमा परेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा हेडलाइन्स बनेको थियो।

'यो निकै डरलाग्दो छ,' भार्डीले भनेका छन्,'मैले पढेको एक समाचारमा के भनिएको थियो भने सेभिया विरुद्धको खेलपछि भएको बैठकमा म सहभागि थिएँ। तर म खासमा एन्टी- डोपिङका कारण ३ घण्टासम्म बस्नुपरेको थियो। तर यस्ता समाचारहरु आए। मानिसहरुले त्यस्ता समाचारको विश्वास गरे। अहिले म र मेरो परिवारलाई ज्यान मार्ने धम्की आइरहेको छ।'

अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले लिसेस्टरका केही खेलाडीहरुले सेभियासँग च्याम्पियन्स लिगमा २-१ ले पराजित भएपछि रेनेरीलाई बर्खास्त गर्नका लागि क्लबका अध्यक्षलाई दबाब दिएको समाचारमा उल्लेख गरेको छ।  

रेनेरीको बर्खास्तीपछि केही समय अन्तरिम र त्यसपछि सिजनको अन्त्यसम्मका लागि क्लबको प्रशिक्षकको जिम्मेवारी पाएका सेक्सपियरको नेतृत्वमा क्लबले राम्रो सुधार गरेको छ। क्लबले पछिल्ला ४ खेल लगातार जितेको छ। अहिले १५ औं स्थानमा रहेको लिसेस्टर रेलिगेसन क्षेत्रबाट ६ अंकले माथि छ। यस जितमा सेभिया विरुद्ध च्याम्पियन्स लिगमा हासिल गरेको २-० को नतिजा पनि जोडिएको छ। जितपछि लिसेस्टर यस सिजन क्वाटरफाइनल पुग्ने एक्लो इंलिस क्लब बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.