|

गाईघाट :  उदयपुरको कटारी बजारमा रहेको एक होटलमा सुतिरहेकै अवस्थामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोलुखुम्बु टाक्सिन्दु ६ घर भएका २३ वर्षे युवा दावा शेपा रहेको इलाका प्रहरी कार्यालय कटारीले जानाएको छ। 

सोलु होटल एन्ड लज कटारीमा मंगलबार बेलुका शेर्पा खाना खाएर सद्दे सुतेका थिए। इप्रका कटारीका इन्सपेक्टर चन्द्रकुमार राजवंशीका अनुसार मंगलरबार सुतेका शेर्पा बुधबार बिहान मृर्त फेला परेका थिए।

‘मृत्तक शेर्पाको शव पोष्टमाटम गरी आफन्तलाई बुझाइएको छ,’ राजवंशीले भने, ‘थप जानकारीको लागि अनुसन्धान अघि बढाइएको छ। परिवारका अनुसार मृत्त शेर्पा दीर्घरोगी थिए भन्ने बुझ्नमा आएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.